
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डिआईजी सिंहले नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर घटाएको, वास्तविक थर लुकाएको र नक्कली शैक्षिक योग्ताको प्रमाण पत्र पेश गर्दै जागिर खाएको भन्दै बुधबार अख्तियारमा उजुरी परेको हो ।
सिंहविरुद्ध परेको उजुरी अख्तियारले दर्ता गरेको अख्तियार स्राेतले पुष्टि गरेकाे छ ।