आज पनि घट्याे नेप्से, काराेबार रकम १ अर्ब ७३ करोड

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १३.९० अंकले घटेको बजार २०९१.५६ बिन्दुमा आएर रोकिएको हो ।

बुधबार २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।

गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेकाे छ । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरै घट्नेमा परेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१