• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

भारतीय चर्चित अभिनेता जावेद खान अमरोहीको निधन

काठमाडौं । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित ६१ बर्ष उमेरका जावेद खान अमरोहीको मुम्बईको सान्ताक्रूजस्थित सूर्या नर्सिङ होममा निधन भएको छ।

उनको फोक्सोमा समस्या देखियको कारण उनि विगत एक वर्षदेखि हलचल गर्न नसक्ने अवस्थामा थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार ओशिवारा कब्रिस्तानमा मंगलबार साँझ जावेदको अन्तेष्टी गरिएको छ । मुम्बईमा जन्मेका जावेदले आफ्नो करियरमा धेरै उत्कृष्ट सपोर्टिङ र क्यामियो रोल गरेका थिए।

जावेदले एकेडेमी अवार्ड मनोनित फिल्म ‘लगान’मा पनि सहायक भूमिका खेलेका थिए ।

यस बाहेक ‘चक दे ​​इन्डिया’, अंदाज अपना अपना’ लगायतका धेरै फिल्मका लागि उनको निकै प्रशंसा भएको थियो । उनी प्रसिद्ध टिभी कार्यक्रमहरु ‘ये जो है जिंदगी’ , ‘कुछ भी हो सक्ता है’, ‘घर जमाई’, ‘पाउडर’,जस्ता प्रसिद्ध टिभी कार्यक्रमहरूमा पनि देखा परेका थिए ।

जावेदले करिब १५० हिन्दी फिल्ममा काम गरेका छन् ।