• २०८३ असार २३
  • 2026 July 07, Tuesday

उपचारको क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।

सांसद चन्द्र भण्डारीको भने नेपालको उपचार सम्भव नभएकाले मुम्बई लैजाने तयारी भएको छ ।

हिजो राति भण्डारीको घरमा ग्यास सिलिण्डर विस्पोट हुँदा आमाछोरा घाईते भएका थिए ।