भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घट्यो
  • काठमाडौं । भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।

    आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ ।

    सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१