काठमाडौं । आज आंशिकदेखि सामान्य मौसम बदली भई प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
तराईका एक-दुई स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि मध्यान्हपछि खुल्ने महाशाखाले जनाएको छ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज राति प्रदेश नम्बर १ का उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।
सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार मंगलबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनेछ।