नेपाली सिनेमा ‘छड्के २’ को ट्रेलर बुधबार आउँदै

काठमाडौं । नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ फागुन १९ गते रिलिज हुँदै छ । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् ।

अनमोल केसी मुख्य भूमिकामा रहेकाले दर्शकहरु उनको अभिनय कस्तो होला त भनेर प्रतिक्षारत छन् । उनको अभिनयलाई लिएर कैयो दर्शकलाई चित्त बुझेको थिएन भने धेरै दर्शक उनको लुक्सको फ्यान पनि छन् । उनका यस अघिका सिनेमा सफल नै सावित भईसकेका छन् ।

ग्याङस्टरको कथा भन्ने सिनेमा ‘छड्के२’ले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङ गरी ३ ग्याङको कथा भन्छ जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन् । अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो । यी तीनवटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बुमा आफ्नो पकड जमाउँछ त्यो भने हेर्न बाँकी नै छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१