काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश १ को पहाडी भू- भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक,दुई स्थानमा तथा प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।