• २०८३ असार २३
  • 2026 July 07, Tuesday

रहेनन् पूर्वस्वास्थ्य मन्त्री मथुराप्रसाद श्रेष्ठ

मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।

दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।श्रेष्ठका ६ जना छोरा र एक जना छोरी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

डाक्टरसमेत रहेका उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए। उनले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा पनि काम गरेका थिए।

उनले समुदायमै चिकित्सकहरू गएर उपचार सेवा दिनुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठको निधनको खबरले अत्यन्त दुःख लागेको बताएका छन्।