अब ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टिभीबाट आउने

काठमाडौँ । हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ । जितुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेको शो कहिलेबाट प्रसार हुने र कस्तो रहने भन्ने विषयमा कान्तिपुर टेलिभिजनले आज एक कार्यक्रम सहित घोषणा गर्दैछ ।

घोषणा कार्यक्रममा शो प्रसार मिति, प्रोमोको अलावा टिम समेत सार्वजनिक हुने कलाकार जितु नेपालले बताए ।

जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष प्रियङ्का कार्की रहनेछिन् । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१