• २०८३ साउन ७
  • 2026 July 23, Thursday

आत्मनिर्भर लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको हो।

सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको छ।

यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ।

बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारणमा वितरण गरेको हो।

यो आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।