झापामा १५ वर्षीया किशोरी बलात्कृत

झापा । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१