
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भएकाेप्रति सरकारको ध्यानाकर्षण गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सडक आयोजनाहरु निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गरेकी हुन् ।
‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ ?’ उनले प्रश्न गरिन् ।
उनले लामो समयदेखि चुनिखेल फर्सीडोल सडक, सातदोबाटो-चापागाउँलगायत सडक अलपत्र रहेको पनि बताइन् । सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कसको स्वार्थमा काम नगरेका हुन् ? भन्ने पनि सांसद कार्कीको प्रश्न छ।
उनले राज्यका निकाय गैरजिम्मेवार हुन नहुने बताइन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उपत्यकाभित्रका सडक निर्माणलाई प्राथमिकता दिन पनि आग्रह गरेकी छन् ।
भिडिओ: