• २०८३ असार १०
  • 2026 June 24, Wednesday

ओलीजी मसँगै जेल बस्नुभएको हो, राष्ट्रपति निर्वाचनमा सहयोग गर्नुहुन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेससहित ८ दलको समर्थनमा राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई विश्वाशको मत दिने बताएका छन् ।

शनिबार संघीय संसद भवन बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग प्रतीक्रिया दिँदै उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।

‘एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि पाैडेलले भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको साथ पाउने बताएका हुन् ।