श्रृंखला खतिवडा र सम्भव सिरोहियाकाे प्रेम चर्चा !

काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाकाे प्रेम चर्चा चलिरहेकाे छ ।

श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको मिडिया विवरण बाहिर आइरहेका छन् । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको चर्चा पनि सुनिएकाे छ ।

यही चर्चा पुष्टि हुने गरी सम्भव सिराेहियाले शनिबार इन्स्टाग्राममा एक तस्विर सेयर गरेका छन् ।

जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हावर्ड विश्वविद्यालयको क्याप लगाएका छन् ।

श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामा छन् । यी दुईले खुलेरै प्रेमबारे नखुलाएपनि प्रेमको चर्चा भने सामाजिक सञ्जालमा चुलिएको छ ।

यसअघि श्रृंखलाकाे भ्लगर सिसन बानियाँसँग केही समय प्रेमको चर्चा चल्यो । मिस वर्ल्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए ।

तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्ध ठिकठाक नरहेको चर्चा चलेकाे थियाे । केही दिनअघि एक लामो स्टाटस लेखेर सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१