• २०८३ जेठ २२
  • 2026 June 05, Friday

किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । प्रहरीले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ ।

शनिबार केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा चीनको फुजियान सेमावाङका ४९ वर्षीय याङ लि मिङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे हाे ।

प्रहरीका अनुसार मिङलाई भैंसेपाटीबाट पक्राउ गरिएको हो ।

ती चिनियाँ नागरिक बसेको घरबाट ५ जना किशोरीहरूको उद्धार समेत गरिएको प्रहरीले बताएकाे छ ।