
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए ।
यस्तै, सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् । यस्तै, आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।