
काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहिबेरमा खेल सुरु हुने छ ।
लिग २ मा २८ खेल खेलेको नेपाल १२ जित र १४ हारको नतिजासहित २६ अंक जोडेर तालिकाको छैठौं स्थानमा छ ।
एकदिवसीय मान्यता जोगाउन बाँकी आठ खेलमा कम्तिमा ५ खेल जित्नु पर्ने दबाव नेपाललाई छ । यस्तै, तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्न नेपालले ७ खेल जित्नु पर्नेछ ।