सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिने भन्नेबारे भएन निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको बैठकपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१