
काठमाडाैं । प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेकाे शोक प्रस्तावलाई पारित गरिएको हो ।
बैठकमा शहनाज रहमानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बोलाइएको छ ।