• २०८३ असार १०
  • 2026 June 24, Wednesday

माधव लक्षित बाबुरामको टिपप्णी – १० सीटवालालाई ६६ दिन प्रधानमन्त्री !

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पद आफुलाई चाहिने विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यंग्य प्रहार गरेका छन् ।

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ टिपप्णी गरेका छन् । उनले १० सीट लिएको पार्टीलाई पनि ६६ दिन प्रधानमन्त्री चाँहिदो रहेछ भनेका छन् ।

बाबुरामले लेखेका छन् ‘दलीय भागबन्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ?’,

उनले प्रतिनिधिसभाका सबै सदस्यलाई ५ वर्षको कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदा राजनितिक स्थिरता हुन्छ त भन्दै प्रश्न गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउककदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ ! दलीय भागबण्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’ २७५ जना प्रतिनिधिसभा सदस्यलाई पाॅच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ!दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त?सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन?