• २०८३ असार १०
  • 2026 June 24, Wednesday

नेविसंघ बागलुङकाे अध्यक्षकाे जिम्मेवारी विशेष पराजुलीलाई

काठमाडाैं । नेविसंघ बागलुङकाे अध्यक्षकाे जिम्मेवारी विशेष पराजुलीलाई दिइएकाे छ ।

नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले पराजुलीलाई बागलुङकाे अध्यक्षकाे जिम्मेवारी दिएका हुन् ।

‘बागलुङ जिल्लाकाे अध्यक्ष पद रिक्त भएकाले र ३२ वर्षे उमेर हद पनि आकर्षित भएकाले नेपाल विद्यार्थी संघकाे विधान २०२७ काे साताैँ संशाेधन २०७५ बमाेजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तपाईलाई नेपाल विद्यार्थी संघ बाग्लुङ जिल्लाकाे अध्यक्ष पदकाे जिम्मेवारी दिइएकाे छ’ जिम्मेवारी पत्रमा भनिएकाे छ ।

विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका परजुलीले गान्धी दर्शनमा भारतको आईजीएसबाट पोस्ट ग्र्याजुएट गरेका हुन् ।

उनले धौलागिरी मल्टिपल क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । उनी गएको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चुनावी अभियानमा निकै क्रियाशील रहेका थिए । पराजुली पेशागत नृत्यमा पनि संलग्न छन् ।

o