
काठमाडौं । वैदेशिक रोजगार विभागमा मंगलबार दिउँसो म्यानपावर व्यवसायीबाट ठगिएका पीडित र अभियान्तासहित समाचार रिपाेर्टिङ गर्न पुगेका पत्रकार कुटिए ।
सामाजिक अभियान्ता तारा बरालसहित पुगेकाे टाेली, पीडित र केही पत्रकारमाथि म्यानपावर व्यवसायीले कुटपिट गरेका हुन् ।
वैदेशिक राेजगारीमा विदेश जाने क्रममा ठगिएका भनिएका व्यक्तिकाे पैसा फिर्ता माग्ने क्रममा उनीहरुमाथि सुरुमा कुटपिट भएकाे र पछि तारा बरालसहितकाे अभियान्ताकाे टाेली गएकाे र उनीहरुमाथि कुटपिट भएकाे बताइएकाे छ ।
कुटपिटमा संलग्न भएका व्यक्तिहरु म्यानपावर व्यवसायीतर्फकाे मानिसहरु रहेकाे बताइएकाे छ । वैदेशिक राेजगार विभागमा कुटपिट सुरु हुनअघि सामाजिक सञ्जालमा तारा बरालले गरेकाे लाइभमा उनले म्यानपावर व्यवसायीले गुण्डा लगाएर कुटपिट गरेकाे आराेप लगाएकी छन् ।
यद्यपी अहिलेसम्म कुटपिटमा संलग्नकाे परिचय भने खुलेकाे छैन । प्रहरीले उनीहरुबारे अनुसन्धान भइरहेकाे प्रतिक्रिया दिएकाे छ । भिडिओमा हेलमेट बाेकेर केही युवाहरु उनीहरुमाथि कुटपिटमा उत्रिएकाे देखिएकाे छ ।
याे समूहले समाचार संकलनका लागि गएकाे पत्रकारहरुमाथि पनि भिडिओ नखिच्न र डिलिट गर्न भनी अभद्र व्यवहार गरेका छन् । केही पत्रकारले कुटाइसमेत खाएकाे भिडिओमा देखिएकाे छ ।
याे पनि पढ्नुहाेस् ।