• २०८३ असार १०
  • 2026 June 24, Wednesday

रास्वपाद्वारा प्रदेश समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात वटै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै रास्वपाले जिम्मेवारीसमेत तोकेको छ ।

प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेशमा तपेश्वर यादव र बागमतीमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी गण्डकीको सभापतिमा राजन गौतम, लुम्बिनीमा देवराज पाठक, कर्णालीमामा धिरजबहादुर वली र सुदूरपश्चिममाप्रकाश विष्टलाई जिम्मेवारी दिएको रास्वपाले जनाएको छ।