प्रहरीको भ्यानबाट हामफालेर फरार भएका बलात्कार आराेपी पक्राउ

धनुषा । प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक अभियुक्तलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणी मुद्दाका अभियुक्त धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यानबाट गत फागुन १४ गते पानीमा हामफालेर भागेका थिए ।

उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको हाे ।

उनी भारतीय भूमितर्फ जान लुकीछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउने क्रममा उनी फरार भएका थिए ।

थुनुवा राखेको गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१