पृथ्वी शाहकाे समूहमाथि ४ मुद्दा दायर गर्न सीआईबीकाे सुझाव

काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुझाव दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले शाह र उनका सहयोगीका कृत्यको तथ्यांकसहित प्रहरीले उक्त मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो ।

शाहसहितका व्यक्तिले २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित रुपमा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । शाहविरुद्ध ५६ जना पीडितले २४ वटा उजुरी दिएका छन् ।

प्रहरी हिरासतमा रहेका शाहविरुद्ध फागुन १६ गते ठगी सम्बन्धी थप १० जनाको उजुरी परेकोमा अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१