• २०८३ असार १०
  • 2026 June 24, Wednesday

प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत

माेरङ । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ ।

अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुनेछ ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोसीको प्रस्तावमा ध्वनी मत आएपछि ‘किराँत लिम्बुवान सगरमाथा’ प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।