
कास्की । फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार दिउँसो एक्कासी हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।
अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।