बहिनीसँग अश्लील भिडिओ बनाएर केटा साथीलाई पठाउने युवती पक्राउ

काठमाडाैं । भक्तपुरमा बालयौन दुरुपयोग आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरकी २१ वर्षीया महिलाले आफ्नै नाबालिग बहिनीसँग आफैँ संलग्न भई यौनजन्य गतिविधि गरेको र त्यसको भिडिओ समेत बनाएर पुरुष साथीलाई पठाएको खुलेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार उनले उक्त भिडिओ जिमेलमार्फत साथीलाई पठाएकी थिइन् ।

२०७९ जेठ ६ गते इन्टरपोलको बालबालिकाविरुद्धको अपराध युनिटले एक बालिकालाई बालयौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो ।

साइबर ब्युरोबाट प्रारम्भिक अनुसन्धानपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१