• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

भूकम्प प्रभावित टर्कीलाई कतारले पठायो विश्वकपमा प्रयोग भएका अस्थायी घरहरु

काठमाडौं । टर्की- सिरिया भूकम्पबाट प्रभावितलाई कतारले सहयोग गरेको छ ।

भूकम्पमा प्रभावित २०२२ को विश्वकपका प्रशंसकहरूलाई बस्न प्रयोग हुने ४ सय अस्थायी घरहरू पठाएको अलजजिराले उल्लेख गरेको छ ।

विनाशकारी भूकम्पबाट प्रभावित कतारले टर्की-सिरियाका नागरिकहरूलाई मद्दत गरेको हो ।

फेब्रुअरी ६ मा गएको भूकम्पमा टर्की- सिरियामा ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब २० लाख मानिस अस्थायी आश्रयस्थलमा बसिरहेका छन् ।