• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नेयमारले यो सिजनका बाँकी खेल गुमाउने

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले यो सिजनको बाँकी खेल गुमाउने भएका छन्।
खुट्टाको चोटमा शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ।

१९ फेब्रुअरीमा पिएसजीको घरेलु टोली लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेयमारले दाहिने खुट्टामा चोट बोकेका थिए।

चोटका कारण यो सिजन नै गुमाउने भएपछि नेयमारले सामाजिक सन्जालमा आफू झन बलियो बनेर आउने बताएका छन्।

३१ वर्षीय नेयमारले पछिल्लो ६ वर्षयता लगातार दायाँ खुट्टामा चोट बोक्दै आइरहेको छ। अब पुनः दायाँ खुट्टाको शल्यक्रिया हुँदैछ।

सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए।

बार्सिलोनाका पूर्व फरवार्ड नेयमारले दायाँ खुट्टाकै लिगमेन्ट च्यातिएका कारण सन् २०१९ को कोपा अमेरिका कप गुमाएका थिए।

नेयमारले यस सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल र १० असिस्ट प्रदान गरेका छन्।