• २०८३ असार १०
  • 2026 June 24, Wednesday

राष्ट्रपतिमा निर्वाचित पौडेलले दिए सबैलाई धन्यवाद

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले सबैलाई धन्यवाद दिएका छन् ।

उनी तेस्रो राष्ट्रपतिमा बिहिबार निर्वाचित भएका हुन् । उनको कार्यकाल भने फागुन २९ गतेदेखि सुरु हुने छ ।

बिहीबार साँझ संसद् भवनबाट बाहिरिने क्रममा पौडेलले सबैलाई धन्यवाद दिएका हुन् ।

राष्ट्रपति निर्वाचित भएपछि बिहीबार पहिलो प्रतिक्रिया दिँदै उनले संविधानको रक्षा गर्दै राष्ट्रिय एकता कायम गर्न पहल गर्ने बताए ।