• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उपराष्ट्रपति पदमा उम्मेदवारी दिने

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत ३ गते हुन लागेको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन् ।

सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी दिए ।

बिहीबार राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।