उत्तरी जर्मनीकाे ह्याम्बर्गस्थित एक चर्चमा बन्दुक आक्रमण, कयाैँकाे मृत्यु

काठमाडाैं । उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा भएको बन्दुक आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ।

‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ ।

घटना कुन उद्देश्यले घटाइएको हो भन्नेबारे अझै यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

स्थानीय समय अनुसार बिहिबार राती करिब ९: १५ बजे घटना भएकाे हाे । प्रहरी प्रवक्ताका अनुसार घटनामा संलग्न व्यक्ति भाग्न नपाएकाे समाचारमा जनाइएकाे छ ।

घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिए पनि घाइतेको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएको छैन ।

ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विटमार्फत प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१