उपराष्ट्रपतिमा जसपाबाट दुई जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाटै दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

संसदीय दलका नेता रामसहाय यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।

तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१