बालबालिकाहरुका आँखामा म देशको भविष्य देख्छु : ओली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाहरुका आँखामा आफूले देशको भविष्य देख्ने बताएका छन् । उनी जस्तो सम्प्रदायमा पनि घुलमिल हुने गर्छन् र अनुभव सामाजिक सञ्जालमार्फत् व्यक्त गर्छन् ।

शनिबार एक विद्यालयको कार्यक्रममा सहभागी भएका उनले त्यहाँका विद्यार्थीहरुसँग रमाएर तस्बिरहरु खिचे । उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘बालबालिकाहरुका आँखामा म देशको भविष्य देख्छु ।’

विद्यालयका विद्यार्थीसँग आफनो समय बिताउन पाएकोमा उनले खुसी पनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘काठमाडौंमा आज एक विद्यालयको कार्यक्रममा सहभागी हुँदा मैले उनीहरुसँग आफ्नो केही समय बिताउन पाएँ, धेरै खुशी लागेको छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१