• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रोहित र भिमको साझेदारीमा नेपाली क्रिकेट टोली खेलमा फर्किदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा आज नेपाल र युएईबिच खेल भईरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभरमै तीन विकेट गुमाइसकेको छ ।

४.३ ओभरमै २ विकेट गुमाएको नेपालका लागि त्यसपछि कप्तान रोहित पौडेल क्रिचमा आए । भने कुशल मल्ल ७.१ ओभरमा आउट भएपछि भिम साक्री क्रिचमा आए । रोहित र भिमले कमजोर लयमा रहेको खेललाई लयमा फर्काउन थालेका छन् ।

समाचार तयार गर्दासम्म ३ विकेटको क्षतीमा १७ ओभरमा ४५ रन बनाई खेलिरहेको छ । रोहित र भिमले २३ रनको साझेदारी गरेका छन् । रोहितले ४२ बलमा १४ रन र भिमले २५ बलमा १२ रन बनाएका छन् ।

ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल आउट हुँदा कुशल मल्ल पनि आउट भएका छन्। आशिफ शून्यमा आउट भएका थिए। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे।

यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए। उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे।
यस्तै आठौं ओभरको जुनइद सिद्धकीको पहिलो बलमा कुशल मल्ल ९ रनमै आउट भए।