
काठमाडौं । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो । उनी ९१ वर्षकी थिइन् ।
साथै उनको अन्तिम संस्कार आइतबार दिउँसो ३ बजे गरिने बताइएको छ ।
आमाको निधनपछि माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका हुन् ।