• २०८३ असार ११
  • 2026 June 25, Thursday

म मन्त्री बन्ने लाइनमा छैन : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए ।

प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उनलेअघि भने, ‘म मन्त्री बन्ने लाइनमा छैन ।’

अब ५ वर्ष सांसदका रुपमा जिम्मेवारी निभाउने उनले बताए ।