• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपाललाई चौथो सफलता, सन्दिपले लिए २ विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध चौथो सफलता प्राप्त गरेको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले चौथो विकेटको रुपमा कप्तान असद भालालाई गुमाएको छ । सन्दीप लामिछानेले कप्तान असद भालालाई २० रनमा आउट गराए । यसअघि सन्दीपले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराएका थिए ।

त्यस्तै, सोमपाल कामी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए छन् ।

सोमपालले हिरी हिरीलाई १४ रनमा आउट गराए । त्यस्तै, ललितले किप्लिन डोरिगालाई दुई रनमा आउट गराए । पपुवा न्युगिनीले २० ओभरको समाप्तिमा चार विकेटको क्षतिमा ७२ रन बनाएको छ ।