काठमाडौं । भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पराजित नेकपा (एमाले) का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् । नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए ।
यसअघि आइतबार एमाले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भइसकेका छन् ।
