
काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्मा र कला पंगेनीको आवाजमा नयाँ लोक दोहोरी गीत कलेजी छेउ खायो बजारमा आएको छ । सुरज पुनको लय तथा शब्द संयोजन रहेको उक्त गीतका वाद्यवादन संयोजक विश्वास नेपाल रहेका छन् ।
गीतको भिडियोमा मोडल अनु पराजुलीका साथमा पशुपति शर्मा आफै देखिएका छन् भने उक्त गीतको भिडियो प्रविन थापाले निर्देशन गरेका छन् ।
कला पंगेनीको आफ्नै युट्युब च्यानल बाट गीत सार्वजानिक गरिएको छ ।
भिडिओ हेर्नुहोस्