
काठमाडौं । भारतीय अभिनेत्री तमन्ना भाटियाको नाम पछिल्लो समय विजय बर्मासँग जोडिएको छ ।
नाम जोडिएको लामो समय पछि यसबारे उनले आफ्नो मौनता तोडेको छन् । यी दुई जना सँगै देखिएको भिडियो भाइरल बनेपछि प्रेममा रहेको चर्चा चल्न सुरु भयो ।
उक्त भाइरल भिडियोमा एकअर्कालाई चुम्बन गरेको देख्न सकिन्छ । विजयले इन्स्टाग्राम स्टोरीमा भ्यालेन्टाइन्स डेमा तमन्नासँगको फोटो सेयर गरेका थिए । फ्यानले तमन्नाको पहिरनलाई तत्काल चिनेपछि यो विषयले बलिउडमा हंगामा मच्चाएकाे थियो ।
यही बीचमा पछिल्लो एक अन्तर्वार्तामा उनले विजयसँको प्रेमको खण्डन गरेकी छन् । उनले आफूले विजयसँग फिल्ममा काम गरिरहेकाले हल्लाहरु आउनु स्वभाविक भएको बताएकी छन् । उनले हल्लाको खण्डन गर्नु जरुरी नभएको समेत बताएकी छन् ।
उनी होली मनाउन नेपाल आएर भारत फर्किसकेकी छन् ।