बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा

काठमाडाैं । बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् ।

विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

अदालतले तोकेको धरौटी रकम तिरेर उनी रिहा भएको प्रहरी स्राेतले बतायाे ।

थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन ८ मा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । रेग्मीविरुद्ध सांगीतिक क्षेत्रका महेशचन्द्र आचार्यले जाहेरी दिएका थिए । आचार्य गीत रचनाकार हुन् ।

रेग्मीले सामाजिक सञ्जाल (फेसबुक)मा समग्र स्रष्टाविरुद्ध घृणा फैलाउने सामाग्री पोष्ट गरेको आचार्यको आरोप छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१