• २०८३ जेठ २२
  • 2026 June 05, Friday

यूएईले दियाे नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पारेकाे हाे ।

युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे । मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे ।

यस्तै, वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए ।