• २०८३ असार ११
  • 2026 June 25, Thursday

ह्याक भएको प्रधानमन्त्रीको ट्विटर सञ्चालनमा

काठमाडौं । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझदेखि ट्विटर अकाउन्ट @Pm_nepal अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको थियो ।

टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।