
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएका छन् ।
उपराष्ट्रपति निर्वाचनबारे आफूहरू बाचापत्र अनुसार रास्वपाले मतदान नगर्ने भएको स्रोतले जनाएको छ । राष्ट्रिय सभाको अध्यक्ष पदेन उपराष्ट्रपति हुने प्रावधान अनुसार उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने सम्भावना भएको रास्वपाले बताएको छ ।
यस्तै, राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपाले सहि अनुरुप उपराष्ट्रपति निर्वाचनमा पनि नगर्ने भएको हो ।
आज बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवनमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार जना उम्मेदवार छन् । जसपाकी प्रमिलाले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् ।