निर्वाचित भए संविधानको रक्षा र पालना गराउन कटिबद्ध भएर लाग्छु : यादव

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले संविधानको रक्षा र पालना गराउन आफू कटिबद्ध भएर लाग्ने बताएका छन् ।

मतदानपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले आफू निर्वाचित भए संविधानको पालना गराउन अभिभावकत्व भूमिका निर्वाह गर्ने बताएका हुन्

यादवले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म हो । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ।’

उपराष्ट्रपति निर्वाचनमा यादवसहित नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपतिको मतदान जारी छ । मतदात सकिएपछि मतगणना सुरू गर्ने र मतपरिणाम साँझ ६ बजेभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१