बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट, यसरी हेनुहोस् नतिजा

काठमाडाैं । बिपिडब्लु लघुवित्तको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

उक्त आइपिओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको थियो ।

यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१