पक्राउ परे नेप्से घेर्न गएका लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गरी ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल धितोपत्र बोर्डसँग यसअघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेयर लगानीकर्ता तीलक कोइराला लगायतलाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेकालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए ।

शुक्रबार नेप्से परिसरमा होलाल्ला गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१